
नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विक्रम लामाका अनुसार चीनको केरुङ क्षेत्रमा निरन्तर भइरहेको भारी वर्षाका कारण नदीको बहाव बढिरहेको सूचना प्राप्त भएको छ।
उक्त अवस्थाको असर त्रिशूली नदीमा पनि देखिने भएकाले छेउछाउका बस्तीमा बाढीको सम्भावना रहन सक्ने हुँदा नागरिकहरुलाई सतर्क रहन अनुरोध गरिएको हो।
प्रहरीले नदी किनार आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन, बच्चाहरुलाई नदीको छेउ नपठाउन, र रातको समयमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

22.12¡ÆC