
नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरण कार्यक्रम र गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रमलाई द्रुत गतिमा सम्पन्न गर्न पालिकाको पञ्जीकरण शाखालाई निर्देशन दिनुभएको छ ।
समयमा भत्ता वितरण नहुने र ज्येष्ठ नागरिकहरुले झन्झट बेहोर्नुपर्ने समस्याको अन्त्य गर्दै अध्यक्ष अधिकारीले आफू निर्वाचित भएदेखि नै प्रत्येक ३–३ महिनामा वडा वडामा कार्यक्रम गरी आमाबुबाहरूको निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र स्वास्थ्य परामर्शसँगै वृद्धभत्ता वितरण गर्ने अभ्यासस्वरूप गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रमु सुरु गर्नुभएको हो ।
अध्यक्ष अधिकारीले कार्यक्रमलाई थप प्रभावकारी बनाई जनगुनासो नआउने गरी काम गर्न स्वास्थ्य शाखालाई निर्देशन दिनुभएको छ । उहाँले कार्यक्रमलाई प्रभावकारी बनाउन समन्वय र सहजीकरण गर्नुहुन सबै वडाका वडाध्यक्षहरूलाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष अधिकारीको निर्देशन अनुरूप पञ्जीकरण शाखाले तोकीएको मिति देखि नै कार्यक्रम सुरु गर्दै छ ।
कार्यक्रमको तालिका यस्तो छ :
– साउन १ गते – वडा नं. ५ कार्यालय
– साउन २ गते – वडा नं. ६ कार्यालय
– साउन ४ गते – वडा नं. १ र वडा नं. २ कार्यालय
– साउन ५ गते – वडा नं. ३ र वडा नं. १ कार्यालय
– साउन ६ गते – वडा नं. ४ कार्यालय
20.12¡ÆC