शिवम् सिमेन्टकोे No Compromise अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

असार ३०, २०८२ मा प्रकाशित | 147 views


काठमाडौ । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन “Quality को मामलामा No Compromise अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ । जस अन्तर्गत घरबेटी र भाडावालाबीचको सम्झौतामा आधारित कथामार्फत “सर्तकताको मामलामा No Compromise भन्ने सन्देश दिन खोजेको छ ।

हालै सार्वजनिक भएका नयाँ भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपट बारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ ।

यस अघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत “कर्तव्यको मामलामा No Compromise भन्ने सशक्त सामाजिक सन्देश मुलकप्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो ।

यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो । उक्त सामाजिक सन्देश मुलक विज्ञापन दर्शकहरुले अत्याधिक रुचाईएको थिए । शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ ।

हेर्नुहोस भिडियो :

No Compromise भन्नजति सजिलो छ त्यतिनै व्यवहारमा पुरा गर्न गाह्रो छ । तर, जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ” भन्ने सन्देश मार्फत, शिवम् सिमेन्टले आफ्नो गुणस्तरमाकहिल्यै सम्झौतानगर्ने नीतिझनै मजबुत रूपमा प्रस्तुत गरेको छ ।

शिवम् सिमेन्टले स्थापना कालदेखि नै केवल ओ.पी.सी. (Ordinary Portland Cement) सिमेन्ट उत्पादन तथा विक्रि गर्दै आएको छ । कम्पनीले सधैं गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आएको छर जस्तो सुकै परिस्थितीमा पनि आफ्नो No Compromise को बाचा पुरा गर्दै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ ।

“गुणस्तरको पहिचान हो शिवम्”, “भरोसा अटुट सम्बन्धको”, “कर्तव्यको मामलामा No Compromise जस्ता नाराहरूले शिवम् ब्राण्डको मूल सिद्धिन्तलाई दर्शाउँछ ।

यसै, प्रतिबद्धताको सम्मान स्वरूप शिवम् सिमेन्ट नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ जसले उत्कृष्ट गुणस्तरमा आधारित राष्ट्रिय पुरस्कार ‘NS Quality Award 2019 समेत प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web