रसुवाबाट त्रिशूलीले बगाएको असईको शव चितवनमा भेटियो

असार २४, २०८२ मा प्रकाशित | 320 views

नुवाकोट । रसुवाको बाढीमा बेपत्ता भएका एकजना प्रहरीको शव चितवनमा भेटिएको छ । भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोस्थित त्रिशूली नदी किनारमा शव भेटिएको हो । 
 
बाढीमा बेपत्ता तीन प्रहरीमध्ये रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ घर भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव आज साँझ ६ः२० बजे त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । 
 
उहाँको शवको एउटा खुट्टामा प्रहरीको बुट भेटिएको थियो । श्रेष्ठको पहिचान उहाँकी श्रीमतीले गर्नुभएको पुरीले बताउनुभयो । प्रहरीचौकी हाकु रसुवामा दरबन्दी रहेका उहाँ इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web