बिस्तार–२ परियोजनाले दोधारा चाँदनीमा जैबिक तटबन्ध निमार्ण गर्दै

साउन २१, २०७३ मा प्रकाशित | 952 views

<p>पप्पु गुरुङ्, २१ साउन, दोधारा चाँदनी । दोधारा चाँदनीका राधा सुनार गाँउलेहरुलाई लिएर जगबुडा नदीमा कट्टामा माटो भरेर नदीको छेउमा जम्मा गर्दै छन् भने कसैले नदीको नजिक बाँसका बिरुवा रोप्न थालेका छन् । आफ्नो गाँउमा नदीको भंगालो रोक्न उनिहरु आजैबाट नदी नियन्त्रण गर्न कस्सीएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, जामुनाघारीका दलित समुदायका करिब ७८ घरधुरीले जैबिक बाध निमार्ण गर्न थालेका हुन् । बिगतका दिनमा जामुनाघारीमा जगबुडा नदीमा बाढ आएर बिचल्ली गर्दै आएको कारण उनिहरु यस वर्ष स्थानियहरु जैबिक तटबन्ध बनाउन कस्सीएका हुन् । दोधारा चाँदनीको जामुनाघारीमा एनएनएसडब्लुए कञ्चनपुरको बिस्तार–२ परियोजनाले बाढीको अवस्थालाई ध्यानमा राखेर जैबिक तटबन्ध तथा बृक्ष रोपण कार्य संचालन गरेको छ् । “हामीलाई एनएनएसडब्लुए कञ्चनपुरको बिस्तार–२ परियोजनाले जगबुडा नदीमा आउने बाढी रोक्न सहयोग गरेको छ्” बिपद् ब्यवस्थापन समितिका अध्यक्ष राधा सुनारले भने । उनिहरुले बाढी नियन्त्रणको लागी जगबुडा नदीमा ५ सय मिटरमा जैबिक तटबन्ध बनाउन थालेका हुन् । सरकारले जगबुडा नदी नियन्त्रण नगरिदिदा बिगतका दिनहरुमा घरमा पानी घुसेर अन्नपानी, लत्ताकपडा भिजाउने गरेको थियो । जगबुडा नदीले जग्गा कटानी गरेर थुप्रै स्थानियहरुको घरवास गरिदिएको एक स्थानिय पबित्रा सुनार बताउछन् । “जैबकि तटबन्ध निमार्ण भएपछि स्थानियहरुमा केही राहतको महशुस गरेका छौं । अझी बाढीको बेला समुदायमा बितराण गरेको उद्धार सामग्री पाएको संस्था प्रति खुशी छौं” पबित्रा सुनारले भने । पक्की तटबन्धको बारे सरकारले समयमै चाँसो राख्नु पर्ने उनको धारणा रहेको छ् । एनएनएसडब्लुए कञ्चनपुरले दोधारा चाँदनीको बिभिन्न स्थानमा बिपद् ब्यवस्थापन समिति गठन गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको कार्यालय लगाएत भैरव टोल, पत्थरनाला टोल, जामुनाघारी, ट्वालट्वाले लगाएत क्षेत्रमा बिपद् ब्यवस्थापन समिति गठन गरेर उनिहरुलाई जैबिक तटबन्ध निमार्णमा सहयोग तथा उद्धार सामग्री समेत बितरण गरेको परियोजनाका सामाजिक परिचालक पदम सुनारले जानकारी दिनुभएको छ् । परिचालक पदम सुनार अनुसार बिपद् ब्यवस्थापन समितिहरुलाई तालिम दिएर दोधारा चाँदनी नगरपालिकाको कार्यालय लगाएत भैरव टोल, पत्थरनाला टोल, जामुनाघारी, ट्वालट्वालमा ३५ थान लाईफ जयाकेट, ३० थान जुत्ता, ३५ थान हेडलाईट, ३५ थान सिटी, ३५ थान टर्चलाईट, ३५ थान हेल्मेट, १० थान बैशाखी, १० थान स्टेचर, १० थान त्रिपाल, १० थान प्राथमिक उपचार बक्स, लगाएत डोरी बितरण गरिसकेको छ् । युरोपियन युनियन र ह्याण्डि क्याप ईन्टरनेशनलको सहयोगमा एनएनएस डब्लुएको बिस्तार–२ परियोजनाले दोधारा चाँदनीमा बाढीको बेला समुदायका मानिसहरुलाई सुरक्षित राख्न रु. ६ लाख बराबरको सेभ हाउस समेत निमार्ण गरेको जनाएको छ् । दोधारा चाँदनीको बिभिन्न स्थानमा महाकाली र जगबुडा नदीको आएको बाढीले धन जनको क्षती गर्न थालेपछि समुदायको माँग अनुसार कार्य गर्दै आएको परियोजनाले जनाएका छन् । <br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web