सुध्रदै विदुरमा एसइईको नतिजा, राष्ट्रियस्तरको भन्दा धेरै प्रतिशत ग्रेडेड

असार १७, २०८२ मा प्रकाशित | 247 views


नुवाकोट । विदुर नगरपालिकामा विगतको वर्षहरुको भन्दा यो वर्ष माध्यामिक शिक्षा परीक्षा कक्षा १० अर्थात एसइईको नतिजा थप सुधार भएको छ ।

हालै प्रकाशित एसइईका नतिजामा देशभरमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएकोमा विदुर नगरपालिकाले त्यो भन्दाबढी प्रतिशत उर्तिण गरेको हो । विदुर नगरपालिकाले तयार गरेको तथ्याङ्क अनुसार नगर भित्र रहेका सामुदायिक र सँस्थागत विद्यालयबाट परीक्षा दिएका मध्ये ७४.१६ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् ।

यसमध्ये सामुदायिक विद्यालयतर्फको योगदान ७०.३५ प्रतिशत रहेको छ भने सँस्थागत विद्यालयतर्फ ८४.४७ प्रतिशत रहेको छ । त्यसमध्ये वडा नं ४ मा रहेका सामुदायिक विद्यालय पृथ्वी माविबाट एक जना र अर्किड ऐकेडेमीबट एक–एक जनाले जिपिए चार समेत ल्याएका छन् । नुवाकोटमा चार जनाले जिपिए चार ल्याएकोमा विदुर नगरपालिका भित्रका दुई विद्यालयका दुई विद्यार्थीले जिपिए चार ल्याएको हो ।

विगतको वर्षहरुको तुलनामा यसवर्ष ग्रेडेड दर बृद्धि भएको छ भने राष्ट्रिय तथ्याङ्कभन्दा सुधारको ग्रेडेड रहेकाले यस सफल कार्यमा योगदान पुर्याउने विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक एंव सरोकारवाला सम्पूर्णमा नगरप्रमुख राजन श्रेष्ठले आभार व्यक्त गर्दै अझै थप गुणस्तर बृद्धि हुने गरेर लाग्न आब्हान गर्नुभएको छ ।

उहाँले शिक्षा क्षेत्रको बजेटमा प्राथमिकता दिदै गुणस्तरीय सुधारमा आफू सहित सिङ्गो नगर कार्यपालिकाको जनप्रतिनिधि, कर्मचारीले निरन्तर प्रयास गर्दै आएकाले यस अभियानमा साथ दिनको लागी विद्यार्थी, अभिभावक र शिक्षक सहित सरोकारवाला सम्पूर्णलाई आग्रह गर्नुभएको छ ।

विदुर नगरपालिका भित्र रहेका विद्यालयहरुको एसइईको नतिजा तालिकामा हेर्नुहोस् :

तथ्याङ्क श्रोत : विदुर नगरपालिका, शिक्षा शाखा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web