‘राष्ट्रिय वृक्षारोपण दिवस’को अवसरमा विभिन्न स्थानमा वृक्षारोपण

असार १४, २०८२ मा प्रकाशित | 225 views


नुवाकोट । ‘राष्ट्रिय वृक्षारोपण दिवस’को अवसरमा नुवाकोटको विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ ।

डिभिजन वन कार्यालय नुवाकोटको आयोजनामा जिल्लाको विदुर नगरपालिकाको विभिन्न चार स्थानमा वृक्षारोपण गरिएको डिभिजनल वन अधिकृत रोशना पोखरेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार विदुर नगरपालिका–२ स्थित गणतन्त्र पार्क र पञ्चकन्या सामुदायिक वन, विदुर–३ स्थित जोगीडाडाँ सामुदायिक वन, विदुर–८ स्थित पञ्चकन्या धार्मिक वनमा वृक्षारोपण गरिएको छ । सम्बन्धित स्थानमा हावापानी सुहाउदो विरुवाहरु रोपण गरिएको छ ।

वृक्षारोपण कार्यक्रम अन्तरगत विदुर-८ स्थित पञ्चकन्या धार्मिक वनमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा विरुवाहरु रोपिएको छ । उक्त स्थान मन्दिर परिसर क्षेत्र भएकाले रुद्राक्ष, चुवा, चाप, पारिजात लगायतका फूल एंव सौन्दर्य झल्कने विरुवा रोपण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web