भद्रकाली माविमा नेपाली सेनाको ‘राष्ट्रिय सेवा दल’ तालिम सुरु

असार ९, २०८२ मा प्रकाशित | 225 views


चितवन । चितवनको रत्ननगर स्थित भद्रकाली माध्यमिक विद्यालयमा नेपाली सेनाले सञ्चालन गर्ने राष्ट्रिय सेवादल (एनसिसी) तालिम सुरु भएको छ । रत्ननगरको वडा नं. १६ हात्तिगाडेमा रहेको सो विद्यालयमा सोमबारबाट सुरु भएको तालिमको नयाँ सबुज गण भरतपुरका सेनानी जित बहादुर थापा र वडाध्यक्ष हेमराज थापाले संयुक्त रुपमा उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले अनुशासित विद्यार्थीले देशको भविष्य सुन्दर बनाउन सक्ने भन्दै अनुशासनलाई प्राथमिकतामा राखेर तालिम पुरा गर्न सहभागीहरुलाई आग्रह गरे ।

कार्यक्रमका सभाध्यक्ष सेनानी जित बहादुर थापाले युवामा अनुशासित, बफादारिता तथा इमान्दारिताका साथै राष्ट्रिय एकताको भावना विकास गर्न सेनाले तालिम सञ्चालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा उपसेनानी विशाल जिसिले तालिमको महत्व र उद्देश्य बारे प्रकाश पारेका थिए। युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाएर राष्ट्र विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले तालिम संचालन गरिएको उनले बताए ।

कुल १०० दिन सञ्चालन हुने तालिम ७९ दिनसम्म विद्यालयमा सञ्चालन हुनेछ भने त्यसपछिको २१ दिन राष्ट्रिय सेवा दलको मध्य तालिम शिक्षालयमा नवलपरासी हात्तीखोरमा सञ्चालन हुनेछ । तालिममा ३० जना विद्यार्थी सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web