
नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा निर्माण गरिएको पुस्तकालय र कम्युटर ल्याबको सुविधासम्पन्न नयाँ भवनको बागमती प्रदेससभा सदस्य रमेशकुमार महतले उद्घाटन गर्नुभएको छ । शनिबार आयोजित भवन उद्घाटन कार्यक्रममा काँग्रेस नुवाकोट सभापति समेत रहनुभएका महतले नयाँ भवनको उद्घाटन गर्दै उहाँले क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिको लागी भइरहेको प्रयासको प्रशंसा गर्नुभयो ।
पुस्तकालयर्लाइ नयाँ भवनमा स्थान्तरण हुन सराहनीय काम रहेको भन्दै उहाँले समय सापेक्ष पुस्तकालयलाई स्तरउन्नती, आधुनिक र डिजिटल माध्यमको प्रयोगलाई उपयोगमा ल्याउन सुझाब दिनुभयो ।
कार्यक्रममा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पसमा नयाँ र सुविधासम्पन्न भौतिक संरचना, पुस्तकालय, ल्याब सहितको सेवा सञ्चालनमा ल्याउदै उत्कृष्ट शिक्षण सँस्थाको रुपमा स्थापित गर्न लागेको जानकारी दिनुभयो । अहिले सामुदायिक क्याम्पसको रुपमा रहेकाले शैक्षिक गुणस्तर बृद्धि मार्फत प्रदेसस्तरीय आङ्गिक क्याम्पसको रुपमा स्थापित गराउनको लागी आफूले पहल गर्दै आइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
नयाँ बनेको भवनमा बागमती प्रदेस सरकार, विदुर नगरपालिकाको आर्थिक सहयोग सहित क्याम्पसको आन्तरिक श्रोतको लगानी समेत समावेश गरेर करीब ५० लाख लागतमा नयाँ भवन निर्माण गरिएको क्याम्पस प्रमुख नारायणमान डंगोलले जानकारी दिनुभयो ।

अहिले क्याम्पसमा विद्यार्थीको सङ्ख्या बृद्धि, विद्यार्थीको उर्तिणाङ्क दरमा उल्लेख्य सुधार र प्राप्त गर्ने जिपिएमा पनि सुधार भइरहेकाले क्याम्पस सञ्चालक समिति, प्रशासन, विद्यार्थी सहित सरोकारवालाहरुको साथले क्याम्पसको समग्र पक्षमा सकारात्मक परिवर्तन हुदै आइरहेको क्याम्पस प्रमुख डंगोलको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापा, क्याम्पस सञ्चालक समितिका सदस्य मोहनबहादुर खड्का र प्रकाश ढुङ्गाना, अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष एंव निवर्तमान स्ववियु सचिव राजेन्द्र पनेरु लगायतले क्याम्पसको शैक्षिक सुधार, गुणस्तर बृद्धि लगायतका पक्षमा मन्तव्य राख्नुभएको थियो ।

14.67¡ÆC