नेपालले टस जितेर फिल्डिङ गर्दै

असार ५, २०८२ मा प्रकाशित | 293 views


काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिज अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालले टस जितेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै डच टोलीलाई ब्याटिङको निम्तो दिएका छन् ।

नेपालले यसअघि भएको खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो । उक्त खेल नेपालको १००औं टी-२०आई खेल पनि थियो ।

नेपालले त्यसपछि स्कटल्याण्डमाथि भने २ विकेटको जित निकालेको थियो । उक्त ‘लो स्कोरिङ’ खेल पनि अन्तिम ओभरको पाँचौं बलसम्मै पुगेको थियो ।

नेदरल्याण्ड्सले भने यस शृंखलामा दुई जित निकालेको छ । आइतबार घरेलु टोली स्कटल्याण्डसँग ३९ रनले पराजित भएपनि नेपाललाई हराएपछि बुधबार स्कटल्याण्डलाई हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web