त्रिशूली अस्पतालको ओपिडी टिकट बुकिङ्ग अनलाइनबाट गर्न सकिने

असार १, २०८२ मा प्रकाशित | 624 views


नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटले प्रवाह गर्ने सेवा लिन अनलाइन प्रणालीबाट टिकट लिन पाइने भएको छ । त्रिशूली अस्पताल प्रशासनले बहिरङ्ग सेवा (ओपिडी) को लागी अनलाइन मार्फत टिकट लिन सकिने सेवा सञ्चालनमा ल्याएको अस्पतालका निर्देशन डा.राजेन्द्र लामाले जानकारी दिनुभयो ।

उहाँको अनुसार सेवाग्राहीले घरमै बसी अनलाइन ओपिडी टिकट बुकिङ गरेर स्वास्थ्य जाँच गराउन सक्नेछन् ।

अनलाइन टिकट लिनको लागी यहाँ क्लिक गर्नुहोस् : 

अस्पतालको व्यवस्थापन तथा सञ्चालन समितिको अध्यक्षमा उपेन्द्र बुढाथोकीले जिम्मेवारी लिए लगत्तै सेवा सुधारका विभिन्न बुँदाहरु मध्ये अनलाइन ओपिडी टिकट बुकिङ सञ्चालन गर्ने लक्ष्य अनुरुप सेवा सञ्चालनमा ल्याइएको हो ।

बुढाथोकीले अस्पतालको अध्यक्षको जिम्मेवारी लिएसगैँ सेवा सुधारका विभिन्न कार्य गर्ने क्रममा ओपिडी सेवा बिहान ८ बजेदेखि सञ्चालन, ल्याब रिपोर्ट क्युर कोड मार्फत उपलब्ध, बीमा औषधिको लागी सुरुमा औषधीको पहिचान गरे पश्चात मात्र फार्मेसीमा सिफारिस, बीमा मार्फत थप उपचारको लागी सेवा लिन माथिल्लो अस्पतालमा जान प्रवेश बिन्दुमा नै सिफारिस गर्न चिकित्सक सहतको सहायता कक्ष निर्माण लगायतका लगायतका स–साना किसिमका तर, बिरामीलाई सेवा लिन सहज र सरल बनाउने सुधारहरु प्रत्यक्ष रुपमा महशुस गराउदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web