अपाङता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री प्रदान

जेष्ठ ३१, २०८२ मा प्रकाशित | 134 views


नुवाकोट । शिवपुरी गाउपालिकाले अपाङता भएका व्यक्तिहरुको लागी बाख्रा, शैक्षिक सामाग्री र सहायक सामाग्री प्रदान गरेको छ ।

अपाङ मानव अधिकार मन्च नुवाकोटको आयोजना र शिवपुरी गाउपालिकाको आर्थिक सहयोगमा गाउपालिका अध्यक्ष गोविन्द प्रसाद थपलियाको प्रमुख आतिथ्यमा अपाङता भएका व्यक्तिहरुको जिविकोपार्जनको लागि २० जनालाई बाख्रा, १ जना विद्यार्थीलाई शैक्षिक सामग्री र १ जनालाई बैशाखी, ट्वाईलेट चियर र व्लिचियर प्रदान गरीएको हो ।

शिवपुरी गाउपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले अपाङता भएका व्यक्तिहरुको लागी पालिकाबाट यस्तै कार्यक्रमहरु आगामी दिनमा पनि गरिने बताउनुभयो ।

कार्यक्रममा शिवपुरी गाउपालिकाका कार्यपालिका सदस्य रिता नेपाली , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका पुजा खतिवडा, गैरसरकारी संस्था महासङ नेपाल जिल्ला शाखा नुवाकोट अध्यक्ष लोचन भट्टराई लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web