रियो ओलम्पिक पुरूष फुटबल:उद्घाटन खेलमा इराक र डेनमार्क भिड्दै

साउन २०, २०७३ मा प्रकाशित | 1016 views

एजेन्सी,साउन २० ।  रियो ओलम्पिक २०१६ अन्तर्गत पुरूषतर्फको फुटबल खेलहरू आजबाट सुरू हुँदैछ। ३१ औं संस्करणको  दोस्रोदिन पुरुष तर्फको पहिलो उद्घाटन खेल राजधानी ब्रासिलियाको मेन गरिन्छा रंगशालामा समुह 'ए' अन्तर्गतको इराक र डेनमार्कबीच हुनेछ। खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरू हुनेछ। आजै राति समुह डी अन्तर्गतको अर्को खेल होन्डुरस र अल्जेरियाबीच पनि हुँदैछ। खेल नेपाली समय अनुसार ११:४५ बजे सुरू हुनेछ। रियो अ‍ोलम्पिकको फुटबलमा महिलातर्फ १२ टीम र पुरुषतर्फ १६ टीम तथा  सहभागी छन् ।

कुल ५८ खेल हुनुपर्ने भएकाले खेल तालिका मिलाउन औपचारिक उद्घाटन हुनुभन्दा दुई दिन अगावै ओलम्पिकका खेल सुरु भएको आयोजकले जनाएको छ । तालिकाअनुसार महिलातर्फ समूह ए मा ब्राजिल, चीन, स्वीडेन र दक्षिण अफ्रिका, समूह बी मा क्यानाडा, अष्ट्रेलिया, जिम्बाबे र जर्मनी तथा समूह सी मा अमेरिका, न्युजिल्याण्ड, फ्रान्स र कोलम्बिया रहेका छन् ।

पुरुषतर्फ समूह ए मा ब्राजिल, दक्षिण अफ्रिका, र्इराक र डेनमार्क, समूह बी मा स्वीडेन, कोलम्बिया, नाइजेरिया र जापान, समूह सी मा फिजी, दक्षिण कोरिया, मेक्सिको र जर्मनी तथा समूह डी मा होण्डुरस, अर्जेन्टिना, पोर्चुगल र अल्जेरिया रहेका छन् । प्रतियोगिताको फाइनल खेल भने अगष्ट २१ गते हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web