काठमाडौं,साउन २० । नवनिर्वाचत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको शपथ लिंदै हुनुहुन्छ । प्रचण्डले दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निवासमा सपथ लिदैछन् । सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार ग्रहण गर्नुपूर्व प्रचण्ड लैनचौर, चम्पादेवी र पेरिसडाँडा जाने कार्यक्रम छ । लैनचौरमा पुगेर शहीदहरुको शालिकमा माल्यार्पण गर्ने, त्यसपछि चम्पादेवीमा पुगेर कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम प्रधानमन्त्रीको रहेको छ छन् ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले सिंहदरबार पुगेर प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका लागि हिजो संसदमा भएको मतदानमा एकल उम्मेदवार प्रचण्ड ३ सय ६३ मतसहित निर्वाचित हुनु भएको थियो । आज सपथ लिएपछि आजै पदभारग्रहण गर्नुहुने छ ।

प्रधानमन्त्री प्रचण्डको सपथपछि आजै कांग्रेस र माओवादीबीच आज सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी गरेका छन् । आज बढीमा सात सदस्यीय मन्त्रिमंडल गठन हुने नेताहरुले बताएका छन् ।

23.12¡ÆC