नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

जेष्ठ २९, २०८२ मा प्रकाशित | 182 views


काठकामौँ । एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा घरेलु टोली लाओससँग खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।

न्यु लाओस नेसनल स्टेडियममा अस्ति मङ्गलवार भएको खेलमा नेपाललाई लाओसले २–१ गोलले हराएको थियो । यो हारसँगै नेपाली टोली गएराति स्वदेश फर्किएको हो ।

नेपाल लाओससँगको अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक पराजित भएको हो । यो हारले नेपाल तेस्रो चरणको छनोटको समूह ’एफ’ मा २ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

नेपाल आफ्नो पहिलो खेलमा मलेशियासँग पनि हारेको थियो । यो समूहमा नेपाल, लाओस, मलेशिया र भियतनाम छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web