तारकेश्वर–३ को पिपलडाँडा स्काउट ट्रुपको प्रथम स्काउट क्याम्प सम्पन्न, ३२ विद्यार्थी दीक्षित

जेष्ठ २५, २०८२ मा प्रकाशित | 181 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं ३ को श्री पिपल डाँडा माविका विद्यार्थीहरुको स्काउट समूह श्री पिपलडाँडा स्काउट ट्रुपको प्रथम स्काउट क्याम्प सम्पन्न भएको छ ।

आइतबार क्याम्पको समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तथा तारकेश्वर गाउँपालिका स्थानीय स्काउट कार्यालयका संरक्षक शिव अधिकारी ‘अविरल’ले विद्यार्थीहरुको क्षमता अभिवृद्धि, सीप तथा अनुशासनको विकास र विपद्को पूर्वतयारी एवं प्रतिकार्यका लागि दक्ष युवाशक्ति उत्पादन गर्न क्रमशः गाउँपालिकका सबै विद्यालयहरुमा यस्तो प्रशिक्षण क्याम्प सञ्चालन गर्ने बताउनुभयो ।

समारोहमा अध्यक्ष अधिकारीले क्याम्पमा सहभागी ३२ जना विद्यार्थीहरुलाई स्काउट स्कार्प, सदस्यता ब्याज र प्रमाणपत्र प्रदान गर्दै दीक्षित गर्नुभएको हो ।

 

दुई दिन एक रातको क्लोज क्याम्पमा विद्यार्थीहरुको क्षमता अभिवृद्धि, व्यक्तित्व विकास, समय व्यवस्थापन, नेतृत्व सीप, व्यावहारिक सिकाइ, सामूहिक सहकार्य, आत्मनिर्भरता र चरित्र निर्माणका लागि स्काउटका राष्ट्रिय सहायक प्रशिक्षकहरुबाट प्रशिक्षण दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web