
काठमाडौ । दाङकाे तुलसीपुरमा यात्रुवाहक बस पल्टिँदा २ जनाकाे ज्यान गएकाे छ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा बस पल्टिँदा दाङकै दङ्गीशरण गाउँपालिका– २ की ३७ वर्षीया शान्ता खड्का चौधरी र ६५ वर्षका नारायण भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
दाङको गोल्टाकुरीबाट तुलसीपुरतर्फ गुडिरहेकाे ना ४ ख ४००९ नम्बरको बस ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।
स्कूल बसलाई ठक्कर दिएपछि अनियन्त्रित भई यात्रुवाहक बस पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना मगरले बताउनुभयो । यात्रुवाहक बसको ठक्करबाट स्कूल बसमा सामान्य क्षति पुगेको छ ।
15.13¡ÆC