गाडी बन्दको मौका छोपी बढी भाडा लिने चालक कारबाहीमा

जेष्ठ २०, २०८२ मा प्रकाशित | 158 views


काठमाडौँ । यातायात व्यवसायीहरूले गरेको गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने २ सय १८ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

यात्रुबाट बढी भाडा असुलेको, अफलाइन बार्गेनिङ गरेको तथा यात्रुलाई हैरानी दिने राइडरहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

यातायात व्यवसायीहरुले सार्वजनिक गाडी नचलाउँदा काम विशेषले ठाउँमा पुग्नुपर्नेहरुले पठाओ, इनड्राइभ, याङ्गोजस्ता राइड शेयरिङ प्रयोग गर्न बाध्य छन् ।

यीमध्ये केही चालकहरुले मनलाग्दी भाडा लिएको यात्रुको गुनासो छ । यात्रुले गुनासो गरेपछि प्रहरीले कडाइ गरेको छ । जथाभावी भाडा लिने राइड शेयरिङ सञ्चालकलाई कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web