कलाकार घनश्याम गौतमको निधन

जेष्ठ २०, २०८२ मा प्रकाशित | 170 views


काठमाडौँ । कलाकार घनश्याम गौतमको निधन भएको छ । टेलिशृङ्खला, प्रहसनहरूमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्यारिकेचर गरेर चर्चित हुनुभएका गौतमको गएराति ४३ वर्षको उमेरमा निधन भएको हो ।

उहाँ दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको भक्तपुर ताथलीमा रहेको काठमाण्डौ क्यान्सर अस्तालमा उपचार भैरहेको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।

रङ्गक्षेत्रमा सक्रिय गौतम सडक नाटक, रेडियो नाटक, कचहरीमा पनि अभिनय गर्नुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web