नेपालीलाई विदेशमा लगानी गर्न दिइने

जेष्ठ १५, २०८२ मा प्रकाशित | 229 views


काठमाडौँ । सरकारले विदेशमा नेपालीलाई लगानीका लागि बाटो खोल्ने भएको छ ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदाे आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै व्यवसायी/लगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने बताउनुभयो । उहाँका अनुसार विदेशमा लगानी गर्न अनुमति भने नेपाल लगानी बोर्डले दिनेछ ।

बजेटमा सरकारले औद्योगिक क्षेत्रको भाडा ५० प्रतिशतले घटाउने घोषणा गरेको छ । खानीजन्य वस्तुहरूको उत्खननदेखि निकासीसम्मको व्यवस्था मिलाइने अर्थमन्त्री पाैडेलकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web