तिनवटै सुरक्षा निकायद्धारा बाँध निर्माण

साउन १९, २०७३ मा प्रकाशित | 692 views

१९ साउन, उदयपुर ।
गएको साउन १० र ११ गतेको  अबिरल बर्षा संगौ त्रियुगा खोलामा आएको बाँढीले  तपेश्वरी गाबीसको बेलीमा भत्काएको बाँध जिल्लाको तिनवटै सुरक्षा निकाय नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले निर्माण गरेको छ  ।

नदिले धार परिबर्तन गरी खेतीयोग्य जमीन , सर्बसाधारनको घर बगाउन थालेपछी बाँध निर्माण गरीएको  जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी उपरिक्षक नर बहादुर केसीले जनकारी दिनुभयो ।बाँद निर्माणको लागी  जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले ४ हजार थान बोरा उपलब्ध गराई सुरक्षा निकायलाई मर्मतको जिम्मेवारी दिईएको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले बताउनुभयो ।

नदीले क्षति पुर्याएपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको तीन वटै सुरक्षा निकायका प्रमुखले बाँधमा नदिले पु¥याएको क्षति मूल्याकन गरि तटबन्ध निर्माण गर्ने निर्णय गरेको थियो । नदी तत्काल नियन्त्रण गर्न नसके तपेश्वरी गाविसका वडा नं.१ देखि ६ सम्मका करिब १८ सय घरधुरी जोखिममा रहेको प्रजिअ घिमीरेले बताउनुभयो ।

नदी नियन्त्रणका लागि १८ नं वाहिनी मातहतमा रहेको भवानी दल गण बोक्सेबाट ५३ जना नेपाली सेना, नेपाल प्रहरीका २० जना र सशस्त्र प्रहरी त्रियुगा गुल्मका २३ जना गरी ९६ जना खटीयको भवनी दल गण बोक्सेका गणपती सुमन खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web