
नुवाकोट ।तारकेश्वर गाउँपालिकामा रहेका आधारभूत तहका शिक्षकहरुका लागि सञ्चालन गरिएको ५ दिने सूचना प्रविधि तालिम सम्पन्न भएको छ ।
तालिमको समापन समारोहलाई सम्बोधन गर्दै तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले २१औँ शताब्दी सुहाउँदो शिक्षणका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य आवश्यकता रहेको बताउनुभयो ।
अध्यक्ष अधिकारीले शिक्षकहरुले सूचना प्रविधिसँग अभ्यस्त भएर विद्यार्थीका लागि पनि प्रविधिमा आधारित सिकाइ क्रियाकलापमा जोड दिनुपर्ने भएकाले तालिम दिइएको उल्लेख गर्दै सिकेको ज्ञानलाई कक्षाकोठासम्म पुर्याउन ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष अधिकारीले प्रविधिमैत्री शिक्षाको विकासका लागि आगामी वर्षको बजेटमा छुट्टै अभियानका रुपमा कार्यक्रम ल्याउन लागेकाले सिप, सिकाई र क्षमता वृद्विलाई एकैसाथ लैजानका लागी तत्पर रहन शिक्षकहरलाई निर्देशन दिनुभयो ।
‘एक शिक्षक एक ल्यापटप कार्यक्रम’लाई आगामी बजेटबाट पूर्णताका साथ सञ्चालन गर्ने समेत उहाँले प्रतिबध्दता जनाउनुभयो ।
गाउँपालिकाको सभाहलमा यही जेठ ९-१३ गतेसम्म सञ्चालन गरिएको तालिममा आधारभूत तहका २० जना शिक्षक सहभागी हुनुभएको थियो ।
नविनतम प्रविधिको ज्ञान सम्बन्धी उक्त तालिम सहित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई विभिन्न चरणमा सञ्चालन गर्दै जाने र गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शिक्षकलाई प्रविधिमा अभ्यस्त गराउने लक्ष्य लिएको अध्यक्ष अधिकारीले बताउनुभएको छ ।
23.12¡ÆC