<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीले दुई अर्ब ३१ करोड रुपैयाँको क्षतिपूर्ति मागेको छ । यो रकम ठेकेदार कम्पनीले विमानस्थलको विस्तार गर्ने समयमा विभिन्न अवरोध आएकोले काम गर्न नपाएको भन्दै क्षतिपूर्ति माग गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आइतबार पर्यटन बोर्ड र विमानस्थलमा छुट्टाछुट्टै भएका कार्यक्रममा यो जानकारी दिएका हुन् । </span><span style="line-height: 1.42857143;">मन्त्री पोखरेलका अनुसार विमानस्थलको क्षमता विस्तार गर्न सन् २०१३को माघ १७ देखि काम सुरु गरेको स्पेनिस कम्पनी सान्चेज कन्स्ट्रक्टोरीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग गरेको सम्झौताअनुसार काम हुन नपाएको भन्दै क्षतिपूर्ति माग गरेको हो । यो कम्पनीले सन् २०१६ को मार्चभित्र काम सक्नुपर्ने भए पनि ती वर्षको अवधिका जम्मा १६ प्रतिशत मात्रै काम गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । </span><br></p>
17.59¡ÆC