
नुवाकोट । तारकेश्वर गाँउपालिका वडा नं ४ बुधसिंहमा पानी लिफ्टङ गरी सञ्चालन गर्न लागिएको खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले सोमबार निरीक्षण गर्नुभएको छ ।
गाउँपालिकाबाट विनियोजित रु १० लाख बजेटमा निर्माण भएको बुधसिंह लिफ्टिङ खानेपानी योजनाको निरीक्षणका क्रममा बजेट अपुग भएको देखिएकाले उहाँले तत्काल रु १ लाख थप बजेट उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

आवश्यक बजेट समेत उपलब्ध गराउने भएकाले योजनाको बाँकी रहेको काम अबको एक साताभित्र सम्पन्न गर्नको लागी उहाँले निर्देशन दिनुभयो । बजेट अभाव सहितका समस्या समाधानको लागी आफू सक्रिय भएकाले काम पूरा गर्नको लागी कुनै कमजोरी नगर्नको लागी उहाँले सचेत गराउनुभएको छ ।
बस्ती एंव गाउँभन्दा तल रहेको बिउरिनी मुहानबाट पानी लिफ्टिङ गरी गाउँमै पुर्याउने यस योजनाबाट तल्लो बुधसिंहका सयौँ घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् ।

यसअघि, स्थानीयवासीले यो मुहानको पानी परम्परागत रुपमै प्रयोग गर्दै आइरहेका थिए । आयोजना सञ्चालनमा आएसँगै टाढाबाट पानी ओसार्नुपर्ने झन्झट अन्त्य हुने भन्दै अध्यक्ष अधिकारीले योजनालाई पूरा गर्नको लागी निरन्तर सक्रियता देखाउदै आउनुभएको छ ।

17.37¡ÆC