बागमती सरकारको नीति तथा कार्यक्रम स्वीकृत

जेष्ठ १३, २०८२ मा प्रकाशित | 369 views


काठमाडौँ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

नीति तथा कार्यक्रम बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रस्तुत गर्नेछन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुख देवकोटालाई औपचारिक पत्राचार समेत गरिसकेका छन् । सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन निर्देशनसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web