प्रचण्ड प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट नेता

साउन १९, २०७३ मा प्रकाशित | 631 views

काठमाडौं,साउन १९ । प्रधानमन्त्री दौडमा एकल प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधवार निर्वाचित भए उनले प्रधानमन्त्रीमा दोहोरिने पहिलो  कम्युनिस्ट नेता हुनेछन्। नेपालमा प्रजातन्त्रयता पाँच कम्युनिस्ट प्रधानमन्त्री बनेपनि कोही दोहोरिन पाएका छैनन्। नागरिक दैनिकमा समाचार छ।

२०५१ सालको मध्इावधिमा सबैभन्दा ठूलो दल बनेपछि नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी देशका पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए। ९ महिना अल्पमतको सरकार चलाएर चर्चाको शिखरमा पुगेका अधिकारीपछि कम्युनिस्ट पार्टीले  देशको नेतृत्वका लागि करिब १४ वर्ष कुर्नु परेको थियो।

विभिन्न कालखण्डमा नेकपा एमाले र नेकपा माले संयुक्त सरकारमा सहभागी भएपनि पहिलो संविधानसभाको निर्वाचनपछि मात्रै दोस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर कम्युनिस्ट पार्टीले पाएको थियो। त्यतिबेला तत्कालीन एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार बनेको थियो। त्यो सरकार पनि ९ महिनाभन्दा बढी टिक्न सकेन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web