
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद् डा.शशांक कोइरालाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’को लोकर्पण गर्नुभयो ।
महाराजगञ्ज स्थित निवासमा एक कार्यक्रमका बीच नियात्रा सङ्ग्रहको विमोचन गर्नुभएको हो । श्रेष्ठले विभिन्न क्षेत्रको भ्रमणका क्रममा देखे भोगेका अनुभव अनुभूतिहरुलाई नियात्राको रुपमा तयार पारिएका १७ शीर्षकका नियात्रा ‘यात्राको तस्बिर’ भित्र प्रस्तुत गरिएको छ । ‘यात्राको तस्बिर’ श्रेष्ठका २७ औं प्रकाशित कृति हो ।
यसअघि पहिलो नियात्रा सङ्ग्रह ‘अनुभूति अनेक–२०७०,’ प्रकाशित थियो । उक्त कृति नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो ।
नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरु प्रकाशित छन् ।
पुस्तकको विषयवस्तु:
-
यसमा श्रेष्ठले विभिन्न यात्राका अनुभव र अनुभूतिलाई १७ नियात्राको रूपमा समेटिएको छ।
-
यो उनको २७औँ प्रकाशित कृति हो।
लेखकका अन्य कृतिहरू:
-
उनको पहिलो नियात्रा सङ्ग्रह “अनुभूति अनेक–२०७०” (नुवाकोट साहित्य प्रतिष्ठानद्वारा प्रकाशित) थियो।
-
नुवाकोटको विदुरमा जन्मिएका श्रेष्ठले नियात्रा, जीवनी, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तक र जापानी (हाइकु, तान्का) तथा कोरियाली (सिजो) साहित्य का अनुवाद गरी विभिन्न विधामा काम गरेका छन्।
17.37¡ÆC