‘सुशासन समिति लोकमान कार्कीको मतियार बन्यो’-अभियन्ता डा.गोविन्द केसी

साउन १८, २०७३ मा प्रकाशित | 1285 views

१८ साउन, काठमाडौं ।
सामाजिक अभियन्ता प्रा.डा.गोविन्द केसीले संसदको सुशासन समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको मतियार बनेको आरोप लगाउनुभएको छ ।

समितिले आफूलाई बोलाएको उल्लेख गर्दै उनले कार्कीलाई बोलाउन सकेमात्र आफू पनि उपस्थिति हुने बताउनुभएको छ ।

‘मलाई सुशासन समितिले बुधबार आउन सक्नु हुन्छ भनेर बोलाएको छ । तर, समितिले सात दिन बितिसक्दा पनि लोकमानलाई उपस्थित गराउन सकेको छैन,’ केसीले भने,‘उपसमितिका मान्छेहरु लोकमानकै बचाउमा लागिरहेका छन् ।’

संसदको सुशासन समिति मुलुकको सबै अंगले काम गरको छ वा छैन यसको अनुगमन गर्नुका साथै निर्देशनसमेत दिन सक्ने निकाय हो ।

आफ्नो स्वास्थ्यस्थिति समेत बताउँदै ‘लोकमानलाई बोलाउन सक्नु हुन्न, मलाई बोलाएर के अर्थ हुन्छ ?’ भनि प्रश्न गरेको बताउनुभयो ।

अख्तियार प्रमुख कार्कीले समितिले बोलाएपछि घाँटीमा संक्रमण भएको भन्दै एक साता आराम गर्नु परेको पत्र पठाएको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web