नुवाकोट ब्याडमिन्टन कभर्ड हल विदुरलाई हस्तान्तरण

बैशाख १९, २०८२ मा प्रकाशित | 317 views


नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ स्थित नागटारीमा निर्माण गरिएको ‘नुवाकोट ब्याडमिन्टन कभर्ड हल’ विदुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सामाजिक विकास मन्त्रालय गजुरी धादिङले निर्माण गरेको उक्त सुविधाजनक कर्भड हल शुक्रबार विदुरका नगरप्रमुख राजन श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

सामाजिक विकास मन्त्रालय गजुरी धादिङका प्रमुख लोकबहादुर वाइवाले कभर्डहलको उपभोग, संरक्षण एंव सम्र्बद्धनको जिम्मेवारी सहित नगरप्रमुख श्रेष्ठलाई प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेसका सदस्य सचिव दीपक लामा, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष बिजय गुरुङ, नुवाकोट ब्याडमिन्टन संघका पदाधिकारी लगायत सरोकारवालाहरुको उपस्थिती थियो ।

नयाँ निर्माण गरिएको कभर्ड हलको लक्षित उद्देष्य अनुरुप सञ्चालन गर्दै ब्याडमिन्टन खेलको विकासका लागी प्रयोग गरिने नगरप्रमुख श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो ।

उक्त कभर्ड हल गत २०८० माघ २९ देखि निर्माण सुरु गरेर २०८१ पुस २४ मा सम्पन्न गरिएको थियो । कभर्ड हल निर्माणको जिम्मेवारी पाएको रन्त सन्तोषी जेभीले ११ महिनामा नै कभर्ड हलको निर्माण सम्पन्न गरेको थियो ।

कभर्ड हल निर्माण गर्न बागमती प्रदेस सरकारको दुई करोड ४२ लाख ३१ हजार खर्च भएको छ । दुई करोड २१ लाखमा ठेक्का लगाइएको भेरिएसन पश्चात २ करोड ५३ लाख रुपैयाँ पुराएको भएपनि निर्माण व्यावसायीलाई दुई करोड ४२ लाख ३१ हजार रुपैयाँ भुक्तानी दिइएको कार्यालयले जनाएको छ ।

उक्त कभर्ड हल निर्माणको लागी बागमती प्रदेसका मुख्यमन्त्री माननीय बहादुरसिंह लामा तामाङले चासो दिएर उहाँकै परकल्पनामा निर्माण गरिएको हो ।

सुरुवाती डिपिआरमा सानो आकारको कभर्ड हल निर्माण गर्ने प्रस्ताव भएपनि उहाँ प्रदेशको अर्थमन्त्री रहदाँको बखतमा दिगो रुपमा प्रयोगमा ल्याउन सकिने गरेर सुविधाजनक कभर्ड हल निर्माण गर्नुपर्ने भन्दै आवश्यक अनुसारको बजेट उपलब्ध गराउनुभएको थियो ।

कभर्ड हल निर्माणमा विशेष चासो दिदै समयसीमा भित्रै गुणस्तरीय काम सहित सम्पन्न गर्नको लागी मुख्यमन्त्री तामाङले निरन्तर रुपमा दिदै आउनुभएको चासोले पनि समयभित्रै कभर्ड हल निर्माण सम्पन्न भएको हो ।

कभर्ड हल निर्माण सम्पन्न भएसगैँ उक्त हलमा यही बैशाख २१ गतेदेखि बागमती प्रदेस मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web