१८ साउन, गोरखा ।
सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको माओवादी केन्द्रले गोरखामा कानुनविपरीत सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको छ। अन्नपूर्ण पोष्टमा समाचार छ।

हालै स्थानीय बासिन्दाको पहलमा व्यक्तिको कब्जाबाट मुक्त गराइएको गोरखा नगरपालिका९९ को दरौंदी बगरको करिब पाँच सय रोपनी जग्गा केन्द्रले फेरि व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको हो ।

माओवादी केन्द्रले संघर्ष समिति गठन गर्दै उक्त जग्गा किसानलाई खेती गर्न दिन दबाब दिएको हो।

केन्द्रनिकट किसान संघका सचिव रामबहादुर खड्काको संयोजकत्वमा शनिबार ३१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ। माओवादी झन्डासहित नगर संयोजक कृण्ण रानाको नेतृत्वमा सार्वजनिक जग्गामा पुगेका उनीहरुले विभिन्न नारा लगाएका थिए।

केही दिनअघी सूर्योदय युवा क्लबका युवक र स्थानीय बासिन्दा मिलेर उक्त जग्गा व्यक्तिको नियन्त्रणबाट मुक्त गरी खेलकुद मैदान निर्माण गर्ने तयारी गरिएको थियो ।

25.12¡ÆC