आर्मी टिम च्याम्पियन,नक्सालका सुशील उत्कृष्ट बक्सर

साउन १७, २०७३ मा प्रकाशित | 731 views

काठमाडौं,साउन १७ । नक्सालका सुशील थापा प्रथम अन्तर क्लब उपत्यकाव्यापी खुला पुरुष बक्सिङ प्रतियोगितामा सोमबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा सुशीलले ४९ केजी तौलसमूहमा स्वर्ण जिते । फाइनलमा सुशीलले नेपाल आर्मी क्लबका मिसलदीप सुनवारलाई अंक आधारमा पराजित गरे । उत्कृष्ट चुनिए वापत सुशीलले १० हजार नगद पुरस्कार पाए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ५२ केजी फाइनलमा आर्मीका करण चौधरीले आफ्नै क्लबका सुदीप श्रेष्ठलाई हराउदै पहिलो भए । ५६ केजीमा नक्सालका गणेश थापाले स्वर्ण हात पारे । उनले फाइनलमा आर्मीका मुनाल पुन मगरको चुनौती समाप्त पारे । ६० केजीमा नक्सालका युवराज कार्की च्याम्पियन बने । फाइनलमा उनले नक्सालकै किशोर शर्मालाई पन्छाए । ६४ केजीमा आर्मीका मोहन ठकुरीले फाइनलमा ललितपुरका अनोज भण्डारीलाई निराश पार्दै स्वर्ण जिते ।

त्यस्तै ६९ केजीमा बानुज फिट्नेसका अनिश श्रेष्ठ शीर्ष स्थानमा रहे । फाइनलमा उनले काठमाडौं बक्सिङ क्लबका सुरज मगरलाई पाखा लगाए ।

७५ केजीमा आर्मीका केशव बम पहिलो बने । उनले फाइनलमा आर्मीकै हर्कराम विकलाई हराए । ८१ केजीमा ललितपुरका मनोहर बस्नेतले बाजी मारे । उनले उपाधि भिडन्तमा आर्मीका ध्रुव रानाभाटलाई निराश पारे । ९१ केजीमाथि आर्मीका रोशन गोदारले फाइनलमा केन्द्रीय बक्सिङका मेघ डानियल लामालाई हराउदै पहिलो स्थान कब्जा गरे ।

केशव टेक्निकल नकआउटका आधारमा विजयी भए भने बाँकी सबै अंक आधारमा विजेता बने । प्रत्येक स्पर्धामा पहिलो हुनेले २ हजार, दोश्रोले १ हजार ५ सय तथा तेश्रो हुने दुई खेलाडीले १–१ हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा आर्मी टिम च्याम्पियन बन्यो । आर्मीले सर्वाधिक ५ स्वर्ण जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो ।

विजेतालाई पूर्व प्रधानमन्त्री झलनाथ खनाल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव लामा टेन्डी शेर्पा, एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष प्रेम प्रधानलगायतले पुरस्कृत गरे । साउन १३ गतेदेखि सुरु प्रतियोगितामा विभिन्न ११ क्लबका ५१ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web