टी–२० श्रृङ्खलामा नेपालको लगातार दोस्रो जीत

चैत्र २८, २०८१ मा प्रकाशित | 293 views


काठमाडौँ । हङकङमा भइरहेको टी–२० श्रृङ्खलामा नेपाल लगातार दोस्रो जीत निकाल्न सफल भएको छ । आज बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।

नेपालले पहिलो खेलमा हिजो कतारलाई आठ विकेटले पराजित गरेको थियो । योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अङ्क पुर्‍याएको छ । अब नेपालले लिग चरणको अन्तिम खेल पर्सि शनिवार घरेलु टोली हङकङसँग खेल्नेछ ।

कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । कुशल भूर्तेलले सर्वाधिक ८१ रन बनाए । आसिफ शेखले ५३ रन जोडे । हङकङका यासिन पटेलले दुई विकेट लिए ।

त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

कुवेतका क्विन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसारले ३५ रन जोडे । नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web