काठमाडौं,साउन १६ । नयाँ सरकारमा पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारे नेपाली कांग्रेसभित्र अहिलेसम्म टुंगो लागेको छैन । राजनीतिक बृतमा विभिन्न चर्चा परिचर्चा चलिरहँदा नेपाली कांग्रेसबाट कसले सरकारको नेतृत्व गर्लान भन्ने विषयमा यतिबेला अड्कलबाजि चलिरहेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने र काँग्रेसले गृह सहितका महत्वपर्ण मन्त्रालय पाउने सहमती नेतृत्व तहबाट गरिएको भए पनि अहिलेसम्म सरकारको नेतृत्वमा पाटीका तर्फबाट को जाने भन्ने विषयमा निर्णय गनृ सकेको छैन् । सरकारको नेतृत्वगर्न सभापति शेरबहादुर देउवा निकट विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ पार्टीको नेतृत्व गर्दै सरकारमा जान आकांक्षी देखिएका छन्।

पार्टी नेता कृष्णप्रसाद सिटौला पनि प्रमुख आकांक्षी रहेका छन् । सरकारमा पार्टी नेतृत्व नपाउने अवस्थामा भने सिटौला सरकारमा जान इच्छुक छैनन्। लामो समयदेखि कोइराला खेमाबाट राजनीतिमा क्रियाशील भए पनि पछिल्लो महाधिवेशनमा देउवा समूहको महामन्त्री पदका प्रत्यासी अर्जुननरसिंह केसी पनि मन्त्री आकांक्षी देखिएका छन्। उता विमलेन्द्र निधिलाई पदाधिकारीमा बलियो हुन बल पुगेको नेताहरु बताउछन्। त्यस्तो अवस्था आए नेता अर्जुन नरसिंह केसीले नै सरकारमा नेतृत्व गर्दै जाने अनुहार हुनेछन्। बाँकी कृष्ण प्रसाद सिटौलालाई मिलाउन उनलाई सरकारको नेतृत्व भन्दा पनि उनका निकटका काठमाण्डौंका पुर्व पार्टी सभापति भिसेनदास प्रधान र झापका सुधिर शिवाकोटीलाई मन्त्री बनाएर मिलाइने सम्भावना रहेको बताइन्छ।

सभापति देउवा समूहबाट प्रकाशशरण महत, बालकृष्ण खाँण, रमेश लेखक, अर्जुन जोशी, अम्बिका बस्नेत, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, चन्द्रकान्त भण्डारी, अमृत अर्याल, केशवकुमार बुढाथोकी, बीरबहादुर बलायर, जीवनबहादुर शाही लगायत सांसद मन्त्रीका आंकाक्षी छन्। त्यस्तै, भरतकुमार शाह, मानबहादुर विश्वकर्मा, सूर्यमान गुरुङ, मिन विश्वकर्मा, पार्वती डिसी चौधरी, राधेचन्द्र यादव, मोहनबहादुर बस्नेत, रामहरि खतिवडा, बहादुरसिंह लामा लगायत सांसद पनि प्रमुख आकांक्षीका रूपमा देखिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट कोषाध्यक्ष सीतादेवी यादव, शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, दिपक गिरी, बलबहादुर केसी, हृदयराम थानी, नविन्द्रराज जोशी, कमला पन्त, किरण यादव, अनिता देवकोटा लगायतले मन्त्री पद खोज्दै आफ्नो खेमाका नेताहरूसँग आग्रह गरिरहेको नेताहरु बताउछन्।

18.12¡ÆC