
त्रिशूली । काठमाडौको तीनकुने क्षेत्रमा आगजनीमा संलग्न रहेको अभियोगमा बेलकोटगढी–७ नुवाकोटका २७ वर्षका रमेश राई सहित थप सात जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौले जारी गरेको विज्ञप्ती अनुसार बेलकोटगढ–७ का रमेश राई सहित ६ जनालाई अपराधिक उपद्रव मुद्धा चलाइने र बाँकी १ जनालाई भने आगजनी, तोडफोड गरी राज्य विरुद्धको कसुर मुद्धा (राज्य विरुद्धको संगठित अपराध सम्बन्धि कसुर) लगाइने भएको छ ।
उनीहरुले विभिन्न निजी सम्पत्ति, सार्वजनिक सम्पत्ति, बिमानस्थल, पेट्रोल भण्डारण स्थल लगायतको क्षेत्रमा आगजनी गर्न लागेको प्रहरीको दाबी छ ।


यही चैत १५ गते राजवादी समर्थितले आयोजना गरेको कार्यक्रम अनियन्त्रित हुदाँ उक्त समयमा भएको भिडन्तमा भीडले तिनकुने क्षेत्रको विभिन्न स्थानमा क्षति, आगजनी एंव तोडफोड सहित लुटपाट समेत गरेको प्रहरीको भनाई छ ।
उक्त घटनाको क्रममा यसअघि नुवाकोटको विदुर–५ को एक जना महिलालाई काठमाडौ प्रहरीले भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्ग रहेको अभियोगमा प्रक्राउ गरेको थियो ।
21.12¡ÆC