
नुवाकोट । ‘राष्ट्रब्यापी अन्तरपालिका स्तरीय म्यागङ गाँउपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’को तेर्सो संस्करण हुने भएको छ । आगामी बैशाख ७ गतेदेखि १२ गतेसम्म चल्ने प्रतियोगिताको तयारी अघि बढाएको आयोजक म्यागङ गाँउपालिकाले आज विदुरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
अध्यक्ष आशा तामाङको अनुसार विगतमा स्थानीय युवा समूहलाई सहभागी गराई क्लबले आयोजना गर्दै आएको प्रतियोगितालाई गाँउपालिकाले प्रदेसस्तरीय हुदैँ देशब्यापी पालिकास्तरीय प्रतियोगिता सञ्चालन गर्न लागेको अध्यक्ष आशा तामाङले जानकारी दिनुभयो ।

बृहत्त कार्यक्रमको रुपमा सञ्चालन गर्न लागिएको प्रतियोगिता-2082 तेश्रो सँस्करण भएको उपाध्यक्ष सिता तामाङले जानकारी दिनुभयो ।
खेल पर्यटन प्रबद्र्धनको लागी प्रतियोगितालाई निकै महत्वको रुपमा लिइएको उपाध्यक्ष तामाङको भनाई छ । प्रतियोगिताले म्यागङ र नुवाकोटको भलिबल र खेलाडीलाई राष्ट्रब्यापी बनाउन सहयोग पुग्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा म्यागङ गाँउपालिकास्तरीय युवाक्लबका अध्यक्ष बिजय गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम पुरस्कार ३,३३,३३३ दोश्रो पुरस्कार २,२२,२२२ र तेश्रो पुरस्कार १,११,१११ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । पालिकाको नाममा टिम दर्ता सुरु भइसकेको छ ।
प्रतियोगिता म्यागङ गाँउपालिका–५ सामरीमा हुनेछ । उक्त स्थानमा धेरै वर्ष पहिलादेखि नै स्थानीय युवाहरुको सहभागितामा भलिबल प्रतियोगिताको प्रतिस्पर्धाहरु सञ्चालन हुने भएकाले अहिले पालिकाले अपनत्व लिएर पालिका, जिल्ला, प्रदेसहुदै देशब्यापीस्तरीय प्रतियोगिता सञ्चालनमा ल्याएको हो ।
उक्त स्थानमा विसं. २०७२ बैशाख १२ मा विनासकारी भूकम्प जाँदाको बखतमा भलिबल प्रतियोगिता सञ्चालन भइरहेको र सोही समयमा खेलाडीहरु प्रतिस्पर्धा र गाँउका अधिकांश मानिस प्रतियोगिता हेर्न भेला भएकाले धेरैको ज्यान बच्न सफल भएको थियो । बैशाख १२ को कालो दिन उक्त स्थानमा भलिबल प्रतियोगिता भइरहेकाले धेरैको ज्यान बचाउन सफल भएको स्मरणमा हरेक वर्ष बैशाख १२ मा नै समापन हुने गरेर भलिबल प्रतियोगिता’ (खेल) हुने गरेको छ ।
26.12¡ÆC