हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

चैत्र १७, २०८१ मा प्रकाशित | 247 views


काठमाडौँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यही चैत २७ गतेदेखि शुरु हुने शृङ्खला चैत ३१ मा सकिनेछ ।

नेपाल, हङकङ, कतार र कुवेतले शृङ्खला खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले कतारसँग चैत २७ मा खेल्नेछ ।

त्यस्तै चैत २८ मा कुवेतसँग र चैत ३० मा घरेलु टोली हङकङसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानका लागि चैत ३१ मा खेल हुनेछ । क्यानले हिजो रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web