बट्टार र त्रिशूली बसर्पाक आजदेखि एकैसाथ सञ्चालन

साउन १५, २०७३ मा प्रकाशित | 896 views

नुवाकोट,साउन १५ । नुवाकोटको बट्टार र त्रिशूली बसर्पाक आजदेखि एकैसाथ सञ्चालनमा ल्याउन लागिएको छ । एसियाली विकास बैंकको सहयोगमा शहरी तथा बातावरणीय सुधार परियोजनाले करिब एक करोड ८७ लाख ५१ हजार रुपैयाँमा लगानी गरी निर्माण गरेर पनि दुरुपयोग हुदै आएको बट्टार बसर्पाक र विदुर नगरपालिकाले आफैले निर्माण गरेकको त्रिशूली बसर्पाक आजदेखि सञ्चालन गर्न लागिएको छ ।

आज बिहान त्रिशूली बसपार्कको उद्घाटन गर्दै एकैसाथ दुवै बसपार्क सञ्चालन गरी यातायात व्यबस्थानमा जोड दिन लागिएको छ । त्रिशूली बसपार्कलाई स्थानीय रटमा सञ्चालन हुने छोटो दुरीको यातायातको सधानको लागी र बट्टार बसपार्कलाई जिल्ला भन्दा बाहिरसम्म चल्ने लामो दुरीको गन्तव्य स्थल बनाइने लक्ष्य लिइएको छ ।

बसपार्क सञ्चालनको मुख्य जिम्मेवारी पाएको विदुर नगरपालिकाको आयोजनामा गएको असार अन्तिम साता भएको भएको सर्वपक्षीय सहमति अनुसार बट्टार र त्रिशूली बसपार्क आजदेखि सञ्चालन गर्न सरोकारवालाहरुले जनाएको प्रतिबद्धता अनुसार त्रिशूली बसपार्कको उद्घाटन गर्दै सञ्चालन सुरु गरी बट्टारको समेत सञ्चालनमा ल्याएर दुवै बसपार्क सञ्चालन गर्न लागिएको छ ।

दुई ओटै बसपार्क सञ्चालन गर्न आवश्यक पूर्वतयारी तथा भौतिक पूर्वाधार निर्माणको लागी तयारी मिलाउन यसअघि नै नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीको संयोजकत्वमा नगरपालिका र यातायात व्यवसायी रहेको समिति समेत गठन गरर व्यवस्थित गरिएको थियो ।

२०६८ सालमा निर्माण सम्पन्न भएर २०७१ असार १ गतेदेखि सञ्चालनमा आएको बट्टार बसपार्क प्रयोग गरेबापत अहिले लामो दुरीको बसले ३० रुपैयाँ, माइक्रो बस र स्थानीय रुटमा सञ्चालन हुने मिनीबसले २५ रुपैयाँ राजश्व तिर्दै आएका छन् ।

बट्टार बसपार्क सञ्चालनको लागी जिम्मेवारी पाएको साझेदारी सस्था एकीकृत तादी विकास सस्थासंगका सम्झौता साउन १ गतेदेखि पूरा भएकाले अहिले यातायात व्यवसायीहरुले एक मुष्ट रकम साताव्यापी रुपमा बुझाउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web