लिः ल फङ (घले समाज) नुवाकोटको अध्यक्षमा पुनः अनन्त घले चयन

चैत्र ११, २०८१ मा प्रकाशित | 589 views


त्रिशूली । लिः ल फङ (घले समाज) नुवाकोटको अध्यक्षमा पुनः अनन्त घले चयन हुनुभएको छ ।
विदुर नगरपालिका–९ कोलनीमा शनिबार  सम्पन्न भएको तेस्रो जिल्ला अधिबेशनले पुनः अध्यक्षमा अनन्त घले सहित कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा आइद घले, उपाध्यक्षहरुमा सुब्बा घले र तिरती माया घले, सचिवमा मिनु घले, सहसचिवमा तोयनाथ घले, कोषाध्यक्षमा टुमा कुमारी घले र सहकोषाध्यक्षमा सरिला घले चयन हुनुभएको छ ।

अधिवेशन मार्फत चयन हुनुभएको सदस्यहरुमा मनकुमार घले, मंगल घले, बिराज घले, हस्तबहादुर घले, कुमबहादुर घले, फायो घले, रेखा घले, कुमारी घले लगायत रहेका छन् ।

समितिको सल्लाहकारहरुमा गेर घले, सचिन्द्र घले, यम घले, बमबहादुर घले, शक्ति घले रहनुभएको समितिको नवनिर्वाचित कार्यसमितिका बरिष्ठ उपाध्यक्षमा आइद घलेले जानकारी दिनुभयो । उहाँको अनुसार समितिको अन्तराष्ट्रिय समन्वय समितिको जिम्मेवारीमा गंगाबहादुर घले रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web