गच्छदारलाई सरकारमा ल्याउने विषयलाई लिएर चर्कियो गठबन्धनमै विवाद

साउन १५, २०७३ मा प्रकाशित | 892 views

काठमाडौं,साउन १५ । अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विषयलाई लिएर कांग्रेस–माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको छ। ओली सरकारविरुद्ध सुरुदेखि नै साथ दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गच्छदारलाई नल्याउने सहमतिविपरीत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा पूर्ववत् पद दिएर सहभागी गराउने सहमति गरेपछि दुई दलबीच विवाद बढेको हो।

प्रचण्डले बिहीबारको छलफलमा सरकारमा सहभागी हुन र उपप्रधानमन्त्रीसहित पुरानै मन्त्रालय लिन गच्छदारलाई प्रस्ताव गरेपछि कांग्रेस नेताहरुले आपत्ति  जनाएका छन्। कांग्रेसले फोरम लोकतान्त्रिलाई सरकारमा सहभागी गराउनै नहुने अडान राखेको छ।  प्रचण्ड जसरी पनि सहभागी गराउने र कांग्रेस ल्याउनै नहुने अडानमा रहेपछि विवाद बढेको एक नेताले बताए। गच्छदार भने जसरी पनि सरकारमा सहभागी भई मधेसी मोर्चालाई बाहिर धकेल्ने योजनामा रहेका छन्। सोही कारण कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच विवाद चर्किएको राजधानी दैनिकमा समाचार छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web