काठमाडौं,साउन १५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले उठाएका प्रमुख मागमा नयाँ सत्ता गठबनधन दल प्रष्ट भए मात्र सरकारमा सहभागी हुन सक्ने स्पष्ट पारेको छ। शुक्रबार बसेको मोर्चाको बैठकले अब बन्ने सरकारलाई सहयोग गर्न कांग्रेस–माओवादी प्रस्ट हुनु पर्ने सर्त अघि सारेको छ।

कांग्रेस माओवादी गठबन्धनले मधेसलगायत समस्या समाधानमा गम्भीरता देखाए अब बन्ने सरकारको पक्षमा मतदान गर्ने र सीमाकंन विषयमा संविधान संशोधन हुने सम्भावना देखिए सरकारमा जाने मोर्चाको अडान छ। राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता केशव झाका अनुसार बैठकमा मोर्चाले निर्णय गर्नेभन्दा पनि कांग्रेस माओवादीका रबैया हेर्नुपर्ने अधिकांश नेताको जोड थियो। नागरिक दैनिकमा समाचार छ।

संघीय गठबन्धनको ठूलो दल संघीय समाजवादी फोरमका अध्यष उपेन्द्र यादव भने बैठकमा सहभागी थिएनन्। झाका अनुसार सरकारमा सहभागी हुने नहुनेबारे बैठकले कुनै निर्णय गर्न नसकेपछि शनिवार कांग्रेस–माओवादी गठबन्धका नेतासँग छलफल पछि केही टुंगो लाग्ने अपेक्षा गरिएको छ। शुक्रबार मुलतः देशभरि गएको बाढी पहिरो, नयाँ सरकार गठन र स्थानीय निकायको सीमांकनबारे छलफल भएपनि निष्कर्ष ननिस्केको झाले बताए।

22.12¡ÆC