काठमाडौं,साउन १४ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आज देखाईंदै छ । रातो मच्छिन्द्रनाथको रथ ललितपुरको थटीटोलबाट यही साउन ११ गते तानेर जावलाखेल पु¥याइएको चौथो दिन आज भोटोजात्राको साइत परेको छ । रातो मच्छिन्द्रनाथको जिम्मा रहेको भनिएको ऐतिहासिक भोटो ललितपुरको जावलाखेलमा देखाइने चलन छ । बहुमूल्य रत्नजडित भोटो वास्तविक हकदाबी गर्न नआएसम्म मच्छिन्द्रनाथको जिम्मामा रहने भन्ने जलश्रुति छ ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने गरिन्छ । भोटो अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्ति जाने चलन छ । किंवदन्ती अनुसार टौदहलाई राजधानी बनाएर नागराज्य चलाएका राजा कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटकले उपचारका लागि वैद्यको खोजी गरे । खेतमा काम गरिरहेका किसानलाई लगेर उपचार गर्न अनुरोध गरे । किसानले हातको मयल माडेर औषधिका रुपमा रानीको आँखामा हालिदिए । संयोगवश आँखा निको भयो । खुसी भएका नागराजले किसानलाई हिराजडित भोटो दिएर पठाए । एक दिन किसानले खेतको डिलमा भोटो राखेर काम गर्न थाले । एउटा भूतले आएर भोटो लग्यो । त्यसको भोलिपल्ट रातो मच्छिन्द्रनाथको रथ यात्रा हेर्न किसान थटीटोल जाँदा भूतले भोटो लगाएर आएको देखेपछि दुवैबीच झगडा भएकाले भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।

यसैबीच सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गरी मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन आज सार्वजनिक बिदा दिएको जनाएको हो ।

17.16¡ÆC