बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

फाल्गुन १३, २०८१ मा प्रकाशित | 357 views


काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त हुनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई नियुक्त गरेको हो ।

प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिश समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो ।

प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । प्राधिकरणको अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web