
त्रिशूली । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव कार्यतालिका सार्वजनिक भएको छ । चुनावको मिति आगामी ५ चैतमा हुने भएको छ । चुनावका लागि संघसंगठन समूह दर्ता गर्ने समय १९ फागुनका लागि तोकिएको छ । सार्वजनिक गरिएको कार्यतालिका अनुसार २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।
२६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । र, ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुनेछ ।
नेविसंघ नुवाकोट चुनावको तयारीमा जुट्यो :
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव कार्यतालिका सार्वजनिक भएसगैँ नेपाली काँग्रेसको भातृ सँस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) नुवाकोट चुनावको तयारीमा लागेको छ ।
चुनावको मिति सार्वजनिक गर्नुअघि केन्द्रीयस्तरमा भएको विद्यार्थी संघसंगठनको छलफलबाट नै चुनावको तयारीको सन्देश पाएको नेविसंघ नुवाकोट शुक्रबार तालिका प्रशासन भएसगैँ चुनावको तयारीमा जुटेको नेविसंघ नुवाकोटका अध्यक्ष रामकृष्ट भट्टले जानकारी दिनुभयो ।
नेविसंघ तोकिएको मितिमा चुनाव गराउन पर्छ भन्ने पक्षमा रहेकाले सार्वजनिक गरिएको निर्वाचन तालिकाको स्वागत गर्दै नेविसंघ नुवाकोट पनि चुनावको तयारीमा लागेको उहाँको भनाई छ । नुवाकोटमा २ वटा क्याम्पसमा निर्वाचन गराउन नेविसंघ नुवाकोटले आफ्नो संगठनलाई परिचालन गर्दै सोही अनुसार तयारीमा लाग्न क्याम्पसहरुलाई पनि चुनावी तयारीको लागी दबाब दिएको छ ।
नुवाकोटमा त्रिभुवन त्रिशूली क्याम्पस र नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा चुनाव गराउनको लागी क्याम्पसलाई तयारीमा लाग्न, क्याम्पसमा गतिविधि बढाउन संगठनलाई निर्देशन दिन र विद्यार्थीर्लाइ चुनावी अभियानमा सहभागी गराउनको लागी आवश्यक तयारीमा लाग्न भनिएको नेविसंघ नुवाकोटका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
तोकिएको मितिमा निर्वाध रुपमा चुनाव गराउनको लागी सहभागी हुनको लागी नेविसंघले अन्य संगठनहरुसंग पनि पहल थाल्ने जनाएको छ ।
17.16¡ÆC