चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञको संस्कृति मन्त्रीद्वारा समुद्घाटन (तस्बिर संग्रह)

फाल्गुन ८, २०८१ मा प्रकाशित | 258 views


चिम्टेश्वर । नुवाकोटको ऐतिहासिक एवं पुरातात्त्विक स्थान चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ-२०८१ शुभारम्भ गरिएको छ ।

आज नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेको प्रमुख आतिथ्यतमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ-२०८१ को समुद्घाटन गरिएको हो ।

कार्यक्रममा बेल्कोटगढि नगरपालिकाका मेयर जगत बहादुर गुरूङ, उप-प्रमुख शिव प्रसाद दाहाल सहित १३ वटा वडाका वडाअध्यक्ष सहित जनप्रतिनिधिहरू लगायत स्थानीयको उपस्थिति रहेको आयोजक मूल समितिका अध्यक्ष एंव वडा नं .२ का अध्यक्ष रामचन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

पण्डित नारायण न्यौपानेको मुखराबृन्दबाट कथा प्रवचन हुने श्रीमद्भागवत धान्यञ्चल बिराट ज्ञानयज्ञ फागुन ७ गतेदेखि १४ गते शिवरात्रीसम्म चल्ने छ । यस महायज्ञको आयोजना चिम्टेश्वर विकास समिति तथा महायज्ञ आयोजक मूल समारोह समिति रहेको छ । 

तस्बिरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web