KIIT विश्वविद्यालयले नेपाली विद्यार्थीलाई फर्कन अपील गर्यो तर, सुरक्षाको चिन्ता कायमै

फाल्गुन ६, २०८१ मा प्रकाशित | 190 views


काठमाडौ । भारतको ओडिशामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई फर्कन अपील गरे पनि विद्यार्थीहरू फर्किन सकेका छैनन् ।

नेपाली विद्यार्थीको ज्यान गएको घटनापछि आफूहरू भारतीय पक्षबाट असुरक्षित महसूस भएको उनीहरूले बताएका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यवहार भोग्नुपरेको उनीहरूको भनाइ छ ।

विद्यार्थीहरूले आफूहरू सुरक्षित नभएको भन्दै कलेज फर्किन नसक्ने बताएपछि समन्वय गर्न दिल्लीमा रहेको नेपाली दूतावासका पदाधिकारीहरू ओडिशा बसिरहेका छन् । दोश्रो दिन मंगलबार पनि विद्यार्थीहरु घटनाको विषयलाई लिएर आक्रोशित, दुःखित र सुरक्षाको चिन्तामा रहेका छन् ।

नेपाली विद्यार्थी मृत भेटिएको घटनामा प्रहरीले एक जना छात्रलाई पक्राउ गरेको इन्डियन एक्स्प्रेसले जनाएको छ । यसैबीच अखिल भारतीय विद्यार्थी परिषद्ले घटनाको निष्पक्ष र पूर्ण अनुसन्धानको माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web