म युद्धबाट आएको हुँदा पहिला प्रधानमन्त्री हुँदा काम गर्न सकिएन : अध्यक्ष प्रचण्ड

साउन १२, २०७३ मा प्रकाशित | 812 views

काठमाडौं,साउन १२ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक प्रधानमन्त्री हुँदा आफूसँग पर्याप्त अनुभव नहुँदा जनताको भावनाअनुसार काम गर्न नसकेको स्वीकारेका छन्। नेपालमै पहिलो पटक काखीमुनि सानो प्वाल पारी मुटुको शल्यक्रिया गरिएको जानकारी दिन ग्रीनसिटी अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने 'गणतन्त्र आएपछिको पहिलो प्रधानमन्त्री भएर खुला र प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा अनुभवको कमी थियो । म युद्धबाट आएको हुँदा शान्तिको महत्व बुझ्न समय लाग्यो।'

निजी क्षेत्रका अस्पतालले स्वास्थ्य सेवामा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रले प्राप्त गरेको उपलब्धिलाई सरकारी अस्पतालले पनि अनुसरण गर्नुपर्ने बताए। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा निजी क्षेत्रले स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फ्ड्को मारेको बताए। उनले भने – अहिले निजी क्षेत्रले स्वास्थ्यमा सामाजिक दायित्वबोध गरी काम गर्दा ठूला र जटिल मानिएका शल्यक्रिया र रोगका उपचार नेपाललै सम्भव भएको छ।' स्वास्थ्य क्षेत्रले अथक मिहेनत गरेका कारण नेपालीको औसत आयु ५१ बाट बढेर ७१ वर्षमा पुगेको भन्दै उनले अझ धेरै काम गर्न बाँकी रहेको बताए।

नेकपा (एमाले)का नेता लालबाबु पण्डितले अब विदेशमा गई महँगोमा उपचार गराउनुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गरे। उनले नेपालका नेता सानो समस्या परेपनि विदेश नगई नेपालमै उपचार गराउने परम्परा बसाउन सके प्रेरणादायी हुने विचार राखे। अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको टोलीले धादिङ ज्यामरुङकी १६ वर्षीया श्रीष कार्कीको काखीबाट ओपन हर्ट सर्जरी गरेको थियो। नेपालमा पहिलो पटक भएको भनिएको सो शल्यक्रिया अस्पतालले निःशुल्क गरेको थियो।

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले डा भट्टराई नेतृत्वको टोलीले गएको छ महिनामा १७ जनाको ओपन हार्ट सर्जरी गरेको जानकारी दिनुभयो । तीमध्ये कालिकोट र धादिङका १२ जनाको निःशुल्क उपचार गरिएको थियो । ओपन हार्ट सर्जरी गर्दा चार लाख रूपैयाँ खर्च लाग्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web