पूर्वराजा वीरेन्द्रको २१ हजार रोपनी जग्गामा तिव्र चलखेल

साउन १२, २०७३ मा प्रकाशित | 991 views

काठमाडौं,साउन १२  । मर्ने त शाखा–सन्तानसहित मरिगए, बचेकालाई तिनको सम्पत्ति स्याहार्न धौधौ । २०५८ साल जेठ १९ गते राति वंश विनाशमा परेका राजा वीरेन्द्र, दुई छोरा, रानी र एक्ली छोरीको नाममा रहेको २१ हजार ७ सय रोपनी जग्गा र दरबारहरुको व्यवस्थापन सम्बन्धमा कार्यविधि नै बनाएर जानुपर्ने भएपछि त्यसमा आँखा गाडिरहेका व्यापारीहरुले समेत चलखेलको अवसर पाएका छन् ।

आजको जनआस्था साप्ताहिकमा खब छ – पर्यटन अन्तर्गत मन्त्री, सचिव, नेपाल वायुसेवा, नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डमा धन हुनेले कसरी आफ्नो मन परेका मान्छेलाई नियुक्ति दिलाउँछन् भन्ने कुरा दिवंगत राजपरिवारको चलअचल सम्पत्ति बर्षौसम्म भोगचलन गरिरहेकाहरुको स्वार्थसँग समेत अन्योन्याश्रित रुपमा गाँसिएको प्रमाण पनि हो, यो । नेपाल ट्रष्टले हेर्छ– पूर्व राजपरिवारको सम्पत्ति व्यवस्थापन । यसमा प्रधानमन्त्री संरक्षक, गृहमन्त्री अध्यक्ष, मुख्यसचिव उपाध्यक्ष, अर्थ, कानुन, भूमिसुधारसहित सात सचिव सदस्य रहने गर्छन् ।

अहिलेसम्म यसको ४० वटा बैठक बसिसकेको छ तर कुनैमा पनि संरक्षकले भाग लिएको पाइन्न । केपी ओली मात्र यसका अपवाद भैदिए । जसले तीन चोटी ट्रष्ट कार्यलय अवलोकन गरे, दुई वटा बोर्ड बैठकमा भाग लिए । यति एयरलाइन्ससम्बद्ध आङछिरिङ शेर्पा उनको हितैषी हुन् । पूर्व राजपरिवारले भोगचलन गरेको काठामाडौंस्थित गोकर्ण गल्फ रिसोर्ट सिंगापुरको एउटा कम्पनीले ओगटेको ५१ प्रतिशत शेयरसमेत किनेर यिनैले एकलौटी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web