अध्यक्ष अधिकारीको निर्देशनमा पालिकाभित्रका पसलमा छड्के अनुगमन, गुणस्तरहिन खाद्य तथा पेयपदार्थ जफत, कारबाहीको चेतावनी

माघ २१, २०८१ मा प्रकाशित | 443 views

अध्यक्ष अधिकारीको निर्देशनमा पालिकाभित्रका पसलमा छड्के अनुगमन, गुणस्तरहिन खाद्य तथा पेयपदार्थ जफत, कारबाहीको चेतावनी

दाङसिङ । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)को निर्देशनमा सामाजिक पञ्जीकरणशाखाका प्रमुख उज्ज्वल लामिछाने सहित गाउँ प्रहरीको टोलीले सोमबार वडा नं २ र ४ का पसलहरूकोछड्के अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा म्याद गुज्रिएका, कुहिएका र बिग्रिएका खाद्य तथा पेय पदार्थहरु जफत गरेको छ ।

अध्यक्ष अधिकारीले म्याद गएका, अखाद्य तथा गु्णस्तरहीन खाद्य पदार्थको बिक्री वितरण नगर्न विगतमादिएको निर्देशनलाई पुनः स्मरण गराउँदै तत्कालै यस्ता पदार्थ हटाएर सफा र स्वच्छ वातावणमा गुणस्तरीयखाद्य सामग्रीको मात्रै व्यापार गर्न गाउँपालिकाभरिका सम्पूर्ण पसल तथा व्यवसायीहरूलाई निर्देशन दिनुभयो ।

यस्तै, सबै पसल व्यवसायलाई गाउँपालिकामा सूचीकृत गरेर मात्रै सञ्चालन गर्न उहाँले सचेत गराउनुभयो ।

अध्यक्ष अधिकारीले स्थानीय सरकारको निर्देशनलाई अटेरी गरी गुणस्तरहिन खाद्य पदार्थ बेच्ने रजनस्वास्थ्यमा खेलवाड गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web