सभापति कप फुटबलको उपाधिका लागि आज सङ्कटा र बाग्मती प्रदेश खेल्दै

माघ १७, २०८१ मा प्रकाशित | 204 views


काठमाडौँ । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाण्डौमा भइरहेको सभापति कप फुटबलको फाइनल खेल आज हुँदैछ ।

उपाधिका लागि बेलुका साढे ५ बजे सङ्कटा क्लब र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालमा हुने फाइनल खेल अघि बेलुका ४ बजेदेखि रङ्गशालामा झाँकीसहितको प्रस्तुती रहेने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ र उप विजेताले नगद १३ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म एक सय र दुई सय तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ दुई सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web