तादी गाँउपालिकाको आयोजनामा माघ १९ गते बृहत्त ल्होछार कार्यक्रम हुने

माघ १४, २०८१ मा प्रकाशित | 725 views


खरानीटानर । नुवाकोटको खरानीटार गाँउपालिकाको आयोजनामा यही माघ १९ गते बृहत्त ल्होछार कार्यक्रमको आयोजना गरिएको छ ।

अध्यक्ष सन्तमान तामाङको अनुसार यस वर्षको सोनाम ल्होछार पर्व २८६१ औँ (ब्रुल ल्हो) सर्प वर्षको स्वागतको उपलक्ष्यमा गाँउपालिका, खरानीटार खेल मैदानमा बृहत्त साँस्कृतिक कार्यक्रम सहित लामा गुरु खेन्पो रिन्पोचेबाट वाङ प्रदान समेत गर्न लागिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र विशेष अतिथीहरुमा बागमती प्रदेससभा सदस्य राधिका तामाङ र रमेशकुमार तामाङले सहभागिता जनाउन लाग्नुभएको छ ।

कार्यक्रममा सहभागी हुन सम्पूर्ण गाँउपालिकाबासीलाई आह्वान गरिएको छ ।

अध्यक्ष सन्तमान तामाङले सोनाम ल्होछार पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न, बृहत्त साँस्कृतिक कार्यक्रमको मनोरञ्जन प्राप्त गर्न र लामा गुरु खेन्पो रिन्पोचेबाट वाङ ग्रहण गर्नको लागी तामाङ समुदाय सहित सम्पूर्ण पालिकाबासीलाई माघ १९ गते आयोजना गरिएको कार्यक्रममा सहभागी हुन निमन्त्रण गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web